काठमाडौं । चार दिनअघि गत बुधबार राज्यमन्त्रीमा नियुक्त भएका खमबहादुर गर्बुजाको शपथ ग्रहण आज आइतबार हुने भएको छ । बिहान ११ः३० बजे सिंहदरबारमा नवनियुक्त राज्यमन्त्रीको शपथ हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफासिमा राष्ट्रपतिले गर्बुजालाई बुधबार राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।
गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
गर्बुजा म्याग्दी कांग्रेसका सभापति हुन् । प्रतिनिधिसभा निर्वाचनमा उनले प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठलाइ हराउँदै निर्वाचित भएका थिए ।
यसअघिका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जा राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ आज
राज्यमन्त्रीले सोधे सचिवलाई ३ बुँदे स्पष्टीकरण
मधेशमा थपिए पाँच राज्यमन्त्री
जसपाले २ मन्त्री र १ राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई पठायो