वीरगञ्ज (पर्सा) । सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार राजस्व संकलन गरेको छ ।
कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६१ दशमलव ३४ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले पछिल्ला महिनामा राजस्व संकलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए ।
कार्यालयले साउन रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो । त्यस्तै मङ्सिरमा रु तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा रु चार अर्ब २९ करोड, फागुनमा रु चार अर्ब ६८ करोड र चैतमा रु चार अर्ब ५० करोड राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व ससंकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो
बुटवलका २ व्यापारीविरुद्ध राजस्व छली मुद्दा दायर
सवारी कारबाहीबाट खोटाङमा झण्डै ५० लाख राजस्व सङ्कलन
यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन
गत वर्ष भन्दा १ खर्ब २० अर्ब राजस्व वृद्धि
चालु आर्थिक वर्षमा पाँच करोड राजस्व संकलन