काठमाडौँ । सरकारले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न कानुन बनाउने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा शिक्षा सुधारको लागि नीतिगत व्यवस्था गर्ने बताएका हुन् ।
‘विद्यालय शिक्षामा देखिएको चुनौती समाधान गर्न नीतिगत र कानुनी प्रबन्ध गर्ने,’ राष्ट्रपति पौडेलले भने । विश्वविद्यालयलाई अनुसन्धानमा विकास गर्ने राष्ट्रपति पौडेलले घोषणा गरे । ‘विश्वविद्यालय शिक्षालाई ज्ञान अनुसन्धानतर्फ केन्द्रीत गर्ने,’ उनले भने ।
राष्ट्रपति पौडेलले उद्यमशीलता मैत्री शिक्षामा जोड दिने सरकारको नीति रहेको बताए । पाठ्यक्रम सुधार गर्ने पनि घोषणा सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी
बालबालिका, अपांगता भएका व्यक्ति र असहाय नागरिक लक्षित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिने