काठमाडौँ । सरकारले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न कानुन बनाउने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा शिक्षा सुधारको लागि नीतिगत व्यवस्था गर्ने बताएका हुन् ।
‘विद्यालय शिक्षामा देखिएको चुनौती समाधान गर्न नीतिगत र कानुनी प्रबन्ध गर्ने,’ राष्ट्रपति पौडेलले भने । विश्वविद्यालयलाई अनुसन्धानमा विकास गर्ने राष्ट्रपति पौडेलले घोषणा गरे । ‘विश्वविद्यालय शिक्षालाई ज्ञान अनुसन्धानतर्फ केन्द्रीत गर्ने,’ उनले भने ।
राष्ट्रपति पौडेलले उद्यमशीलता मैत्री शिक्षामा जोड दिने सरकारको नीति रहेको बताए । पाठ्यक्रम सुधार गर्ने पनि घोषणा सरकारले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज, यी हुन प्राथमिकताका विषय
नीति तथा कार्यक्रममाथिको छलफल सकियो
सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिँदै, प्रधानमन्त्रीले संसदमा जवाफ दिने
नीति तथा कार्यक्रम : बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा काम, न्यूनतम ज्याला