काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गर्ने बताएका हुन् ।
यस्तै बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने उनले बताए । ‘स्वास्थ्य सम्बन्धी सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने छ,’ राष्ट्रपति पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी
बालबालिका, अपांगता भएका व्यक्ति र असहाय नागरिक लक्षित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिने