काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली कांग्रेसका नेता एनपी साउदसँग भेटवार्ता गरेका छन् । राजनीतिक पार्टीका दोस्रो तह तथा तेस्रो तहका नेतासमेत भेट गरिरहेका चौथाइवालेले कांग्रेस नेता साउदसँग भेट गरेका हुन् ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका साउदसँगको भेटमा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको उनले सामाजिक सञ्जालमार्फत् जनाएका छन् । तीन दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आएका चौथाइवालेले यसबीच प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूसँग भेटवार्ता गरिसकेका छन् ।
उनले गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, कांग्रेस महामन्त्री गगनकुमार थापा, प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू डा. शेखर कोइराला, उदयशम्शेर राणालगायतसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, १५ : ०१
लेखकबाट थप