काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गएको एसइईको परीक्षामा चित्तबुझ्दो नतिजा नआएको भन्दै असन्तुष्टि जनाएका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल गराएर देशका युवाहरूको भविष्य कक्षा १० मै चट् बनाएको आरोप लगाए।
उनले यद्यपि, यसवर्षको एसइई परीक्षाको नतिजामा सुधार आउने अपेक्षा राखे। उनले आन्दोलनको क्रममा काठमाडौं आएका एक जना शिक्षकले आफूलाई गरेको गालीको भिडिओ हेरेको प्रसङ्गलाई यसरी सुनाए।
त्यसबारे उनको भनाइ जस्ताको तस्तै
हिजो एक जना शिक्षकले मलाई गाली गर्दै गरेको सुनेँ, किन गाली गरेको मैले बुझेको छैन। उहाँसँग न मेरो भेट भएको छ, उहाँले देख्या पनि छैन होला। तर गाली किन गर्या, कसले सिकायो कसले पढायो थाहा छैन। फेसबुक मात्रै हेर्नुहुन्छ कि के हो? उहाँ भनिराख्नुभएको थियो, ४८ प्रतिशत विद्यार्थी एसइईमा पास हुनु भनेको काफी हो, धेरै हो।
५२ प्रतिशत फेल हुने कुरालाई उहाँले इजिली लिनुभएको छ। ५२ प्रतिशत हाम्रो योङ जेनेरेसनका होनहार प्रतिभावहरू, तिनीहरूको भविष्य एसइईमै, कक्षा १० मै चट् बनाइदिएको कुरालाई उहाँले मजाकको कुरा बनाउनुभएको छ। मलाई अचम्म लाग्यो उहाँको मेन्टालिटी नै त्यो छ।
५२ प्रतिशत विद्यार्थी फेल हुँदा उहाँलाई आफूले गरेको कामप्रति अझै हामीहरूले ध्यान दिनुपर्छ होइन, म पढाउदिनँ तर मलाई दुख लाग्छ, नेपाली विद्यार्थीहरू यति धेरै ट्यालेन्ट छन्, उनीहरू दुर्गमबाट कसरी पढेका छन्, सबै विषयमा मान्छेको एउटै प्रतिभा हुँदैन, विषयगत प्रतिभा पनि हुन्छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली