काठमाडौं। राष्ट्रपति रामचन्द्र पाौड्लसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकोमा खुशी व्यक्त गरे ।
दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने उनले बताए । कोप-२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास उनले व्यक्त गरे ।
उपविदेशमन्त्री मामोडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयम थपिएको बताउँदै ३० वर्षसम्म कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुनेगरी काम भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, ११ : ३८
लेखकबाट थप