काठमाडौं । सरकारले सर्वोच्च अदालतले जारी गरेको पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको स्पष्ट पारेको छ । सरकारका कानुनी सल्लाहकार समेत रहेका महान्यायाधीवक्ता रमेश बडालले सर्वोच्च अदालतको पत्रका आधारमा चौधरी पक्राउ परेको आफूले थाहा पाएको बताए ।
‘सर्वोच्चबाट आजकै मितिमा पत्र गएको रहेछ, सोही पत्रको आधारमा पक्राउ परेको भन्ने कुरा आएको छ’ बडालले भने, ‘मुद्दा विचाराधिन भएको विषयमा कसरी पत्र गयो, हामी आश्चर्यमा परेका छौं । सर्वोच्च अदालतले अर्को पत्र पठाउनासाथ उहाँका बारेमा अरु निर्णय होला ।’
उनले यसबारे थप विवरण आफूले बुझिरहेको बताए । प्रहरीले सर्वोच्चको पत्रको आधारमा चौधरीलाई आजै केहीबेरअघि पक्राउ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०८२, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महान्यायाधिवक्ताद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त
महान्यायाधिवक्ता दिनमणिले दिए राजीनामा