काठमाडौ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन तथा परिमार्जनका लागि निर्वाचन आयोगको प्रस्तावित व्यवस्थामा राजनीतिक दलहरूको सुझाव बाझिएको छ ।
एकल चुनाव चिह्न, दल त्याग गरी नयाँ दल गठन गर्दा आवश्यक सङ्ख्या, संसदीय दलको गठन र राष्ट्रिय दलको मान्यतालगायतका विषयमा प्रमुख दलका सुझाव बाझिएका छन् ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ सङ्घीयता र समय अनुकूल परिमार्जन गर्नुपर्ने भएकाले दललाई सुझाव दिन आग्रह गरेको थियो । आयोगले तोकेको समयसीमाभित्र नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका ११ दलले लिखित सुझाव दिएका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले उस्ताउस्तै सुझाव दिए पनि एकीकृत समाजवादीले आयोगबाट परिमार्जन प्रस्ताव गरेको अधिकांश दफामा आफ्नो प्रस्ट धारणा राखेको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०८२, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक दलको आय,चन्दा रकम अपारदर्शी
सबैभन्दा धनी र नाफामा रहेको पार्टी एमाले, बाँकी दलले निर्वाचन आयोगमा बुझाए घाटाको हिसाब
राजनीतिक दलहरू एकले अर्कालाई झुक्क्याएर सत्ता प्राप्ति गर्ने तर्फ केन्द्रित छन् : मीनेन्द्र रिजाल