काठमाडौं। विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेञ्जसँग औपचारिक सम्झौता गरेको छ ।
माछापुच्छ्रे बैंले कुवेतमा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुवेतस्थित अल मुजैनी एक्सचेञ्जसँग सहकार्य गरि विधिवत रूपमा रेमिट्यान्स सेवा शुरूआत गरेको हो ।
बैंकले बिहीबार कुवेतस्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरि अल मुजैनी एक्सचेञ्जसँग औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष रोशन केसीको उपस्थितिमा सम्पन्न उक्त औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेतस्थित अल मुजैनी एक्सचेञ्जका महाप्रबन्धक ह्यु फर्नान्डेसले सम्झौता एकआपसमा हस्तान्तरण गरे ।
कुवेतस्थित नेपाली राजदूतावासका लागि कार्यवाहक राजदूत सुजनी राणाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामालगायत गैरआवासीय संघका प्रतिनिधि, कुवेतस्थित विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
सोही कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनिक गरेको थियो । बैंकका पूर्वसञ्चालक हरिभक्त सिग्देलले रचना गरेको उक्त कभर गीत बैंकका सञ्चालक समितिका अध्यक्ष केसी एंव कुवेतस्थित नेपाली राजदूतावासका लागि कार्यवाहक राजदूत राणाले संयुक्त रूपमा सार्वजनीक गरे ।
माछापुच्छ्रे बैंकले कुवेतमा उक्त सेवा शुरूआत गरेपश्चात अब कुवेतमा रहेका नेपालीहरूले कुवेतस्थित अल मुजैनी एक्सचेञ्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग बैंकका १६५ वटा शाखा, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर तथा २० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सक्नेछन्।
साथै, बैंकले अल मुजैनी एक्सचेञ्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ ।
बैंकका देशभर १६५ वटा शाखा, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्स काउन्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएम बुथमार्फत् १७ लाख भन्दा बढी ग्राहकलाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, १४ : ०७
लेखकबाट थप