काठमाडौँ । भारत शासित जम्मु कश्मिरमा भएको आतंकी हमलामा पाकिस्तानमाथि आरोपित गर्ने भारतीय प्रयासको इस्लामावादले कडा शब्दमा आपत्ति जनाएको छ । पाकिस्तानी रक्षामन्त्री खवाजा आसिफले २६ जनाभन्दा बढी हिन्दूको छानीछानी गरिएको हत्याको घटनाको निन्दा गर्दै यस्ता रक्तपातपूर्ण आतंकी हर्कतको पाकिस्तानले सधैँ घृणा गर्ने बताएका छन् ।
पाकिस्तानले पहलगाममा भएको आक्रमण भारतको ‘होम ग्रन’ हिंसा भन्दै भारतभित्रकै असन्तुष्ट विद्रोहीहरूले मच्चाएको हर्कत भनेको छ । स्थानीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा रक्षामन्त्री आसिफले उक्त घटनामा पाकिस्तानको कुनै सम्बन्ध नरहेको समेत प्रष्ट पारेका छन् ।
उनले भने, ‘भारतभित्र धेरै विद्रोहीहरू छन् । नागाल्याण्डदेखि काश्मिरसम्म,छत्तिसगढदेखि मनिपुर र दक्षिणतिर भारतकै विद्रोही र आतंकी संगठनहरु छन् । यो अपराधपूर्ण घटना बाह्य घुसपैठ नभएर उनीहरूकै घरेलु उत्पादनका उपज हुन् ।
भारतले आफ्ना नागरिकमाथि विभिन्न ढंगले सेना प्रहरीमार्फत दमन गर्ने र ती नागरिकले विद्रोह गरेर उत्पन्न हुने घटनामा पाकिस्तानको नाम लिएर भारतीय सत्ता उम्किने गरेको आरोप समेत उनले लगाए ।रक्षामन्त्री आसिफले भने, ‘भारतमा मान्छेहरू अधिकारको लागि बोलिरहेका छन् । हिन्दुवादी समूहहरूले मुस्लिम, क्रिश्चियन, बुद्धिस्टलगायतका अल्पसङ्ख्यकमाथि दमन र उत्पीडन बढाइरहेका छन् । यसको उपज हुन् यस्ता घटना ।’
पाकिस्तानी शिक्षामन्त्री आफूहरू सबै खाले आतंकवादको विरोधमा रहेको तर भारतमा सिर्जित आतंकवादविरुद्ध केही गर्न नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु