काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट अब संयुक्त इजलासमा सुनुवाइ हुनेछ । मंगलबारको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले उक्त रिट संयुक्त इजलासमा पठाउन आदेश दिएको हो । अब संयुक्त इजलासमा सुनुवाइको पेशी तोकिने छ ।
रवि हाल सहकारी ठगी प्रकरणमा बुटवल उच्च अदालतको आदेशले पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् । उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै पत्नी निकिता पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गराएकी छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य
रवि लामिछानेको खुट्टामा चोट, त्रिवि शिक्षण अस्पताल भर्ना
रवि लामिछाने अस्पतालमा भर्ना
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण अभियोग संशोधनसम्बन्धी विवादमा मूल कागजात झिकाउन आदेश
निर्वाचन प्रचार-प्रसारका क्रममा संयम र मर्यादालाई प्राथमिकतामा राख्न रवि लामिछानेको निर्देशन
अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी