जेद्दा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा गएका छन् । साउदी अरबका क्राउन प्रिन्स र प्रधानमन्त्री मोहम्मद बिन सलमानको निम्तोमा अप्रिल २२ मा दुई दिने भ्रमणमा मोदी त्यसतर्फ गएका हुन् ।
‘साउदी अरेबियाको जेद्दाह जाँदै छु, जहाँ म विभिन्न बैठक र कार्यक्रमहरूमा भाग लिनेछु । भारतले साउदी अरबसँगको आफ्नो ऐतिहासिक सम्बन्धलाई महत्त्व दिन्छ । विगत एक दशकमा द्विपक्षीय सम्बन्धले उल्लेखनीय गति लिएको छ ।
म रणनीतिक साझेदारी परिषद्को दोस्रो बैठकमा भाग लिन उत्सुक छु । म त्यहाँ रहेका भारतीय समुदायसँग पनि अन्तरक्रिया गर्नेछु ।’ साउदी अरेबिया जानुअघि प्रधानमन्त्री मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा ट्वीट गर्दै भनेका थिए ।
मोदीको तेस्रो कार्यकालमा उनको यो पहिलो साउदी अरब भ्रमण हुनेछ । यसअघि उनले २०१६ र २०१९ मा त्यहाँ भ्रमण गरेका थिए । सेप्टेम्बर २०२३ मा जी२० शिखर सम्मेलनको छेको पारेर मोहम्मद बिन सलमानले भारतको भ्रमण गरेपछि यो भ्रमण भएको हो । सोही समयमा, रणनीतिक साझेदारी परिषद्को पहिलो बैठक पनि सम्पन्न भएको थियो ।
भ्रमणको क्रममा दुई देशबिच कयौँ सम्झौतामा हस्ताक्षर हुन सक्ने मोदीले बताएका छन् । सम्झौताहरू अन्तिम स्वीकृतिको चरणमा रहेका र भ्रमणको क्रममा पूर्ण विवरणहरू साझा गरिने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै
श्रीलंकामा मोदीले गरे रेलवे स्टेशनको उद्घाटन
हसिनालाई बंगलादेश सुपुर्दगी गर्न मोदीलाई युनुसको आग्रह
भावी पुस्ताका लागि पानीको रक्षा गरौं : प्रधानमन्त्री मोदी
आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?
विश्वस्तरीय नेता जन्माउने 'सोल': विकसित भारतको यात्रामा महत्वपूर्ण कदम : प्रधानमन्त्री मोदी