काठमाडौं । ट्रेन्ट अलेम्जेन्डर आर्नोल्डले बेन्चबाट आएर गरेको गोलमा इङ्लिस प्रिमियर सीपको आइतबार भएको खेलमा लिभरपुलले लिसेस्टर सिटीलाई १-० ले हराएको छ।
जितपछि लिभरपुल उपाधिबाट एक खेल मात्र टाढा रहेको छ। लिसेस्टर भने रेलिगेसनमा परेको छ।
अर्को सिजन फ्रि ट्रान्सफरहको हल्ला चलिरहेको तथा रियल म्याड्रिडमा आबद्ध हुने सम्भावना रहेका आर्नोल्डले खेल सकिन १४ मिनेट बाँकी रहँदा गोल गरेका हुन्। कुहिनका लागेको चोटका कारण लामो समय बाहिर रहेका उनी मार्च महिनादेखि मात्र मैदानमा फर्किएका हुन्।
आइतबार नै दोस्रो स्थानको आर्सनलले पनि इप्सविच टाउनलाई ४–० ले हरायो। आसर्नलका लागि लियेन्ड्रो ट्रोसार्डले २ गोल गरे। गाब्रियल मार्टिनेली तथा एथन एनवारीले थप गोल गरे। चेल्सीले फुलहामलाई २–१ ले हरायो।
अर्को खेलमा उल्भ्सले म्यानचेस्टर युनाइटेडलाई १–० ले हरायो। तालिकामा लिभरपुलको ६६ तथा आर्सनलको ६६ अङ्क छ। तेस्रो स्थानको न्यु क्यासलको ५९ तथा म्यानचेस्टर सिटीको ५८ अङ्क छ।
पाँचौँ स्थानको चेल्सी, छैटौं स्थानको नटिङघम फरेस्ट तथा सातौँ स्थानको अस्टन भिल्लाको समान ५७ अङ्क छ। तर फरेस्टले एक खेल कम खेलेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स लिगमा लिभरपुलको रोमाञ्चक जित
च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो
इङ्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित
लिभरपुलको कीर्तिमान: २० औँ पटक प्रिमियर लिगको उपाधि
लिभरपुलले बनायो उपाधि होड थप बलियो
मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित