काठमाडौँ । संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमाथि नियमित सुनुवाइअन्तर्गत आज पनि पेसी तोकिएको छ ।
मुद्दा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ ।
आइतबारको सुनुवाइमा महान्यायाधिवक्ता रमेश बडालले सरकारको बचाउ गर्दै बहस गरेकोमा आज पनि उनले थप बहस गर्नेछन् । त्यसपछि संवैधानिक निकायका कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।
यस मुद्दालाई किनारा लगाउने उद्देश्यले आइतबारदेखि दैनिक सुनुवाइ भइरहेको छ । संवैधानिक नियुक्तिविरुद्धका १५ वटै रिट एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रेड युनियनहरू खारेज विरुद्धको रिटमा सुनुवाइ सुरु
सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै दायर रिटको पेसी आज
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
ओलीको रिटमा सोमबार सुनुवाइ हुने
रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने
रवि लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने