काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन् । शुक्रबार पोखरामा प्रादेशिक आपतकालीन गोदामघरर हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । अहिलेको संविधान र व्यवस्थाको सुरक्षा प्रमुख जिम्मेवारी भएको उनको भनाइ छ ।
पूर्वराजाका नाममा वा कुनै समूहका नाममा संविधानमा, व्यवस्थामा प्रहार गर्ने कुरा कुनै पनि हालतमा क्षम्य नहुने उनले बताए । ठूलो बलिदानबाट यो संविधान र व्यवस्था बनेको गृहमन्त्री लेखकको भनाइ थियो ।
साना साना संशोधन हुन सक्ने भए पनि कुनै पनि हालतमा पश्चगामी हुन नसक्ने गृहमन्त्री लेखकले बताए । ‘हामी संशोधन गर्छौंं, यो हुन्छ । सहमतिका आधारमा संविधान संशोधन गर्छौंं र लोकतान्त्रिक संघीयता व्यवस्थालाई बलियो बनाउँछौं,’ गृहमन्त्री लेखकले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री लेखक
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री हल्चोकमा
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने माओवादीको संकेत