काठमाडौँ। काठमाडौं उपत्यकालगायतका मलुकका विभिन्न स्थानमा वर्षा भएको छ । कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए ।
मौसमविद अर्यालका अनुसार पश्चिमी वायुको प्रभाव र हाल स्थानीय वायु सक्रिय भएका कारण मेघ गर्जनसहित वर्षा सुरु भएको हो । ‘अहिले सुरु भएको दुई घण्टासम्म रहने अनुमान छ, ठूलो वर्षा हुने सम्भावना छैन’, उनले भने, ‘बिहीबारसम्म मौसम बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।’
उनले बुधबार बिहानसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताए । ‘यो प्रि मनसुन प्रणाली सक्रिय भएको संकेत हो। अब विस्तारै मनसुन प्रणाली सक्रियन हुँदै जानेछ।’ उनले भने ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको उनको भनाइ छ । साथै मेघगर्जन तथा चट्याङ, वर्षालगायत हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन समेत उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०८२, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न
बितेको २४ घण्टामा यी स्थानमा भयो भारी वर्षा
मधेसमा वर्षा, किसानलाई राहत
तिब्बतमा वर्षाले त्रिशूलीमा ठूलो बाढी, तटीय क्षेत्रमा सचेत हुन आग्रह
वर्षाका कारण देशभरका चार राजमार्ग अवरुद्ध
धनुषामा ‘मध्यम’ वर्षा, सतर्कता अपनाउन आग्रह