काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्युको समय थप गरेका हुन् । प्रशासनले सुरुमा शनिबार साँझ साढे ६ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो । पछि साँझ साढे ७ बजेदेखि कर्फ्यु लागु हुने जनाइएको छ ।
शनिबार दिउँसो दुई समुदायबीच झडप, तोडफोड र आगजनीपछि प्रशासनले साँझदेखि आज (आइतबार) मध्याह्न १२ बजेसम्मका निम्ति वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० चैत्र २०८१, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनी प्रक्रिया पूरा नहुँदा पर्साका आधा दर्जनभन्दा धेरै पालिकाको खाता सञ्चालनमा आएनन्
सिडिओ कार्यालय पर्सामा तनाव, विवाद साम्य पार्न छलफल जारी