काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेस बाहेक अन्य राजनीतिक दलहरूको अर्थनीति नरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको दाबी गरे ।
उनले नेपाली काँग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरूले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गरे । उनले काँग्रेसको अर्थनीतिमै अरु राजनीतिक दलहरू हिँडिरहेको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरू भएको बताए । उनले अन्तर्राष्ट्रिय रूपमा अरूले गर्न नसकेको उपलब्धिहरू पनि नेपालले गरेको बताए ।
मन्त्री पौडेलले भने, ‘आज यो अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको हो । आज काँग्रेस बाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन । काँग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालिरहेका छन् । विकासको सन्दर्भमा हामीले थुप्रै उदाहरणहरू प्रस्तुत गर्न सक्छौँ । हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरू भएको छ । समावेशिताको सन्दर्भमा अमेरिकाको संसद नेपालको जस्तो छ । भारतको संसद नेपालको जस्तो छ रु आज नेपालमा मातृ मृत्युदरको यो स्थिति पञ्चायत भएको भए यो बन्थ्यो, शिशु मृत्युदर घटेको आजको स्थिति पञ्चायत भए यो बन्थ्यो ? अन्तर्राष्ट्रिय रूपमा अरूले गर्न नसकेको उपलब्धिहरू पनि हामीले गरेका छौँ । तर विषय के हो भने पूर्ण छैन, सन्तुष्ट हुनसक्ने स्थिति छैन ।’
उनले चालु खर्च घटाउन जरुरी रहेको र मितव्ययिता अपनाउन जरुरी रहेको बताए । २७५ को संसदको संख्या घटाएर २०१ मा झार्नुपर्ने आवश्यकता रहेको बताए । प्रदेशसभाको सांसद संख्या आधा घटाउनुपर्ने प्रस्ताव गरे। पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० चैत्र २०८१, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष : दातृ निकायको सहयोग कटौतीले चुनौती
स्वास्थ्य मन्त्री पौडेल अस्वस्थ्य
विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन
कार्यान्वयनमा आयो स्वास्थ्य मन्त्री पौडेलले युएईमा घोषणा गरेको प्रतिबद्धता
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण : स्वास्थ्य मन्त्री पौडेल
आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार छ : स्वास्थ्य मन्त्री पौडेल