एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शुक्रबार सेन्ट पिटर्सबर्गमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन्।
क्रेमलिनले बैठक चार घण्टाभन्दा बढी समय चलेको र ‘युक्रेनी सम्झौताका पहल’ मा केन्द्रित रहेको बताएको छ।
रुसमा भएको यो बैठकअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा रुस-युक्रेन युद्धबारेमा एउटा पोस्ट गरेका थिए।
त्यसमा उनले लेखेका छन्, ‘रुसले कदम चाल्नु आवश्यक छ। एउटा भयानक र अर्थहीन युद्धमा हरेक हप्ता हजारौँ मानिस मरिरहेका छन्, एउटा यस्तो युद्ध जुन कहिल्यै हुनुहुँदैनथ्यो। यदि म राष्ट्रपति भएको भए कहिल्यै हुने थिएन!’
‘यदि म राष्ट्रपति भएको भए कहिल्यै हुने थिएन’ भनेर ट्रम्पले अघिल्लो राष्ट्रपति जो बाइडेनको आलोचना गरेका हुन्। रुसी राष्ट्रपति पुटिनका विशेष दूत किरिल दिमित्रिभले यस वर्ष पुटिनसँग विटकफको तेस्रो वार्तालाई ‘उपलब्धिमूलक’ भनेका छन्।
ट्रम्पले युक्रेन र रुसबीच युद्धविराम सम्झौता गराउन पहल गरिरहेको भए पनि पुटिन मानिरहेका छैनन्। जसले आफूलाई पुटिनप्रति निकै आक्रोशित र दु:खी बनाएको ट्रम्पले बताएका थिए।
यसपछि रुसले आफू अझै पनि 'अमेरिकासँग काम गरिरहेको' प्रतिक्रिया दिएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २९ चैत्र २०८१, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार