बुटवल। नेकपा एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नुपर्ने बताएका छन् ।
बुटवलमा नेकपा एमालेले आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राखे । `प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन,´ उनले भने, `राजनीतिक दलहरूले नै हो मुलुकलाई अगाडि बढाउने ।
देशको व्यवस्था बदल्ने उद्देश्यले अघि बढेकाहरू अब मुलुक निर्माणतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । `दरबारिया र राजतन्त्रका मतियारविरुद्ध कहिल्यै नउठ्ने गरी सडकमा पछार्नुपर्छ,´ उनले भने । सही र सक्षम नेतृत्वले मात्र देशलाई अगाडि बढाउन सक्ने उनको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ चैत्र २०८१, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा पौडेल अर्थमन्त्रीको जोड
स्वदेशमै अवसर सिर्जना गर्न सक्षम राजनीतिक नेतृत्व आवश्यक छ: उपप्रधानमन्त्री पौडेल
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिन्छ : अर्थमन्त्री पौडेल
वैदेशिक सहायतालाई प्राथमिकता केन्द्रित गर्छौं :अर्थमन्त्री पौडेल
लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौं : अर्थमन्त्री पौडेल