कालीकोट। वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका-३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा पन्छ्याएपछि सञ्चालनमा आएको छ।
रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताए ।
‘अहिले पहिरो पन्छाउने काम भइरहेको छ’, उनले भने, ‘आज नै सडक सञ्चालनमा आउँछ।’
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २८ चैत्र २०८१, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
कर्णाली राजमार्ग चार दिन बन्द हुने
वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेन
कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध