काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले जेठ १५ गते सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ ।
पार्टीको आज बसेको स्थायी कमिटी बैठकले गणतन्त्र दिवसको अवसरमा सिंहदरबार घेराउ गर्ने निर्णय लिएको अध्यक्ष साहले बताए ।
उनका अनुसार बैठकले चैत २४ गते सम्पन्न खबरदारी र्याली तथा तेस्रो जनआन्दोलन कार्यक्रममा भौतिक, आर्थिक र नैतिक रूपमा योगदान गर्ने सबैप्रति विशेष धन्यवाद व्यक्त गरेको छ ।
सरकारले लुट र भ्रष्टाचार मच्चाएको आजपाले निष्कर्ष निकालेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ चैत्र २०८१, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आम जनता पार्टीले देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने
आजपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा