काठमाडौं । ट्यारिफलाई लिएर अमेरिका र चीनबीच ट्रेड वारको सम्भावना बढेको छ ।
ट्रम्प दोस्रोपटक अमेरिकी सरकारको नेतृत्वमा आएपछि अप्रिल २ मा चीन, भारतसहित संसारका धेरै देशहरूबाट अमेरिका भित्रिने सामानमा अतिरिक्त आयात शुल्क (ट्यारिफ) घोषणा गरिएको थियो । त्यसको बदलामा चीनले पनि अमेरिकाबाट आयात हुने वस्तुमा ३४ प्रतिशतसम्म ट्यारिफ लगाउने निर्णय गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै यदि चीनले अमेरिकामाथि लगाइएको ३४ प्रतिशत ट्यारिफ फिर्ता नलिए उमाथि बुधबारदेखि थप ५० प्रतिशत ट्यारिफ लागू गर्ने चेतावनी दिएका थिए ।
यस विषयमा चीनले जवाफ फर्काउँदै अमेरिकाको ब्ल्याकमेलिङ प्रवृत्तिविरुद्ध अन्तिमसम्म लडिरहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ चैत्र २०८१, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट