कोलम्बो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी श्रीलंकाको तीन दिने भ्रमण पूरा गरी भारत फर्किएका छन् । आइतबार मोदीले अनुराधापुरामा महु ओमानथाई रेलवे लाइनको उद्घाटन गरेका थिए ।
उनले रेलको सिग्नल प्रणालीको शिलान्यास गरे । यस क्रममा मोदीले श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिसानायकेसँगै रेलको उद्घाटन पनि गरे ।
यो रेलवे लाइन श्रीलंकाको माहो जिल्ला र ओमानथाई जिल्लाबिचको उत्तरी रेलवे लाइनको १२८ किलोमिटर लामो खण्ड हो । यो श्रीलंकाको कुरुनेगाला, अनुराधापुरा र वावुनिया जिल्लाहरू भएर गुड्छ ।
श्रीलंका सरकारले यस रेलवे लाइनलाई आधुनिकीकरण र सुधार गर्न धेरै परियोजनाहरू सुरु गरेको छ । भारतीय सार्वजनिक क्षेत्रको कम्पनी इर्काेन इन्टरनेशनल लिमिटेडले यस खण्डको विकासको काम गरिरहेको छ ।
यस परियोजनाका लागि भारतले ३१ करोड ८० लाख डलर अर्थात् २७ अर्ब २० करोड भारु ऋण दिएको छ । रेल्वेको उद्घाटन गर्नुअघि मोदी अनुराधापुराको जयश्री महाबोधि मन्दिर पनि पुगेका थिए । यहाँ उनले मन्दिरमा बौद्ध भिक्षुहरूलाई भेटे । यस क्रममा मोदीले मन्दिरका प्रमुख बौद्ध भिक्षुलाई उपहार पनि दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ चैत्र २०८१, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै
हसिनालाई बंगलादेश सुपुर्दगी गर्न मोदीलाई युनुसको आग्रह
भावी पुस्ताका लागि पानीको रक्षा गरौं : प्रधानमन्त्री मोदी
आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?
विश्वस्तरीय नेता जन्माउने 'सोल': विकसित भारतको यात्रामा महत्वपूर्ण कदम : प्रधानमन्त्री मोदी