घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र अर्थात् इद पर्वको अवसरमा शुभकामना दिँदै प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
एकापसमा रहेको रिस, राग बिर्सेर एकापसमा खुसी साटासाट एवं शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, भाइचारा र पारिवारिक मिलनको रूपमा खुसी र हर्ष उल्लासपूर्वक इद पर्व मनाउन उनले आग्रह गरेका छन् ।
“यस पर्वले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, समझदारी, समन्वय मेलमिलाप एवं भाइचाराको भावना बढाउनुका साथै राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस्”, प्रदेश प्रमुख मियाँको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित
लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच शिष्टाचार भेट
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह