एजेन्सी । सीमाको एउटा भागमा ठुलो क्षति सही रहेको युक्रेनले रुसलाई सीमाको अर्को भागमा आक्रमण गरेको छ।
युक्रेनी सीमाबाट १५० किलोमिटर टाढा रहेको बेलगोरोड प्रान्तमा युक्रेनले लामो दुरीको ड्रोन आक्रमण गरेको छ। त्यस क्षेत्रका गभर्नरले सो कुरा बताए पनि युक्रेनी अधिकारीले पनि अझै पुष्टि गर्न सकेका छैनन्।
कस्कमा लगातार दुई वटा हारपछि युक्रेनले बेलगोरोडमा निसाना बनाएको हो। गत अगस्टमा एक हजार वर्ग किलोमिटर रुसी भूमि कब्जामा युक्रेनी सेनालाई हालै उत्तर कोरियाली सेनाको सहयोगमा रुसले सीमासम्म लखेटेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा युद्ध विरामको प्रयास भइरहेपछि दुवै देश हजार वर्ग किलोमिटर कब्जामा लिन कसरत गरिरहेका छन्।
यसअघि डिनिप्रो र क्रिभि रिमा आक्रमण सहेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रातारात अमेरिकी राष्ट्रपतिसँग सहयोग माग गरेका थिए।
शनिबार खार्किभमा भएको आक्रमणमा घाइते भएका युक्रेनी जनरल लगायत धेरै सैन्य अधिकारीको शनिबार नै सैन्य अस्पतालमा उपचार भएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १६ चैत्र २०८१, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प