काठमाडौँ । पूर्वराजा फर्काउने उद्घोषसहित काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने कमान्डर मध्येका दुर्गा प्रसाईँ फरार भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले शुक्रवार आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको मृत्यु भएको छ ।
प्रदर्शनको अर्को आयोजक समूह ‘राजसंस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।
प्रसाईंको खोजी भइरहेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । प्रहरीका विभिन्न युनिटका अधिकृतहरूले उनको खोजी तीव्र बनाएका छन् ।
संयोजक दुर्गा प्रसाईं आफैँले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि तीनकुनेको स्थिति हिंसात्मक भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले बताए । उनले भने, ‘तोडफोड र लुटपाटमा संलग्नहरूबारे सूक्ष्म निगरानी गरिरहेका छौँ, आपराधिक काममा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउँछौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ चैत्र २०८१, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री भेट्न सुरक्षा दस्तासहित सिंहदरबार पुगे दुर्गा प्रसाईँ
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ : दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
दुर्गा प्रसाईंको अभियानले फिर्ता लियो अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम