काठमाडौं । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले निजी सम्पत्तिमा तोडफोड नगर्न आग्रह गरेका छन् । तीनकुनेमा भएको प्रदर्शनका क्रममा निजी घरहरूमा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि उनले सामाजिक सञ्जालमार्फत तोडफोड नगर्न आग्रह गरेका हुन् ।
तीनकुनेको प्रदर्शन स्थलबाट निस्किएका उनले सरकारले आफूहरूको मुख थुन्न खोजेको आरोपसमेत लगाएका छन् । ‘ प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुग्यो । कैयन साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ यसप्रति दु:ख व्यक्त गर्दै घाइते साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, उनले भनेका छन् ।
प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षती पुग्यो, कैयन साथीहरु र प्रहरीहरु घाईते हुनुभएको छ यस प्रति दुख व्यक्त गर्दै घाईते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु ।
उनले लेखेका छन्, ‘सरकारले हाम्रो मुख थुन्न खोज्यो । हामी शान्तीपूर्ण रुपमा कार्यक्रमस्थल जाँदै गर्दा हामी नपुग्दै प्रहरीले अश्रु ग्याँस प्रहार गर्यो । लाठी चार्ज गर्यो । अझै तीनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रु ग्याँस प्रहार गरी हामीलाई कार्यक्रम सुरु गर्न दिएन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने दुर्गा प्रसाईँको घोषणा
वार्ताका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई सिडिओमार्फत दुर्गा प्रसाईँले पठाए पत्र
सुध्रिन तयार छु, देश छाडेर जा भने पनि रेडी : दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई सरकारले बोलायो वार्तामा, सुरुमा काठमाडौं सिडिओले वार्ता गर्ने
दुर्गा प्रसाईंद्वारा बैठक आह्वान
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ: दुर्गा प्रसाई