काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। उनले राष्ट्रपति पौडेललाई शीतलनिवासमा पुगेर भेट गरेका हुन्।
भेटमा देशको समसामयिक परिस्थितिबारे छलफल भएको बताएका छन्। राष्ट्रपतिको भेटपछि उनले लेखेका छन्, ‘देशको प्रमुख अभिभावकको नाताले राष्ट्रपतिज्यूमा लोकतान्त्रिक राज्य प्रणालीमा स्वाभाविक रूपमा बेलाबखत देखापरिरहने राजनीतिक, आर्थिक, सामाजिक, सामरिक, प्रशासनिक क्षेत्रका समस्या दलहरूका नेतृत्वले नै आपसी संवाद र सहमतिबाट हल गरून् र जनताले लामो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरून् भन्ने सदीक्षा रहेको अनुभूति भयो।’
उनले राष्ट्रपतिसँग भेटेपछि जनताले लामो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नको लागि सबै जिम्मेवार राजनीतिक दल र नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ