काठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उच्च अदालत पाटनमा रिट निवेदनको पेसी न्यायाधीश खडानन्द तिवारीको इजलासमा तोकिएको छ ।लामिछानेले गत शुक्रबार काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो ।
फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझेको भन्दै लामिछानेले उक्त आदेश बदरको माग तारेखमा बसी मुद्दा पुर्पक्ष गर्न पाऊँ भनी निवेदन दर्ता गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट