पाँच श्रीमतीको सामूहिक बलात्कारबाट श्रीमानको मृत्यु !

एजेन्सी

बुधबार, २१ कार्तिक २०७५, १६ : ५३
पाँच श्रीमतीको सामूहिक बलात्कारबाट श्रीमानको मृत्यु !

एजेन्सी । श्रीमानले श्रीमतीको यौन शोषण गरेको, या हातपात गरेको समाचार अक्सर सुन्न सकिन्छ । तर अफ्रिकी देश नाइजेरियामा भने बिल्कुलै फरक घटना घटेको छ ।

यहाँ एक जना करोडपतिलाई उनका पाँच श्रीमतीहरूले लगातार बलात्कार गर्दा ती करोडपतिको ज्यान गएको छ । ती करोडपतिका छमध्ये पाँच श्रीमतीहरूले उनले सधैं कान्छी श्रीमतीलाई प्राथमिकता दिने गरेको भन्दै यसो गरेको बताइएको छ ।
नाइजेरियाको समाचारपत्र ‘डेली पोस्ट’मा प्रकाशित समाचार अनुसार यो घटना गत हप्ता नाइजेरियाको बिनेयू प्रान्तमा घटेको थियो । प्रकाशित समाचार अनुसार एक जना व्यापारी युरोको ओनोजा आफ्नी सबैभन्दा कान्छी श्रीमतीसँग शारीरिक सम्बन्ध राख्दै थिए, त्यसै बेला उनका पाँच श्रीमतीहरू छुरी र लौराहरू बोकेर आए ।

उनीहरूले व्यापारीलाई ज्यान मर्ने धम्की दिएर उनलाई पाँचै जनासँग पालैपालो यौन सम्पर्क राख्न आदेश दिएका थिए । ओनोजाले सुरुमा आफ्नी पत्नीहरूको यस आदेशलाई अटेर गरेपछि उनीहरुले ज्यान मर्ने धम्की दिएको बुझाइएको छ । उनीहरूले आफ्ना श्रीमानलाई कब्जामा लिएर जेठोबाट क्रमैसँग यौनसम्पर्क राख्न लगाएका थिए ।

ती व्यापारीले क्रमैसँग यौन सम्पर्क राख्ने क्रममा पाँचौं श्रीमतीको पालामा उनलाई हृदयाघात भएको र उनको ज्यान गएको बताइएको छ । ओनोजाकी छैठौं पत्नीले प्रहरीलाई बताए अनुसार उनकी पाँचै श्रीमतीहरू उनको ज्यान गएपछि जङ्गलतिर भागेका थिए । गाउँका मुखिया ओकेप ओदोहका अनुसार उक्त घटनाको जानकारी तत्काल प्रहरीलाई दिइएको र निजकी पाँचै श्रीमतीहरूलाई गिरफ्तार गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस