काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।
त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
दिउँसो ३ बजेका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी, बिपी र अरनिको राजमार्गलगायत राष्ट्रिय राजमार्गहरूको वर्तमान अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषिसहित पाँचवटा संसदीय समितिका बैठक बस्दै
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै
तीनवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची