काठमाडौँ । सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदैछन् ।
सभामुख घिमिरे नेतृत्वको ९ सदस्यीय टोली यही चैत २० गते त्यसतर्फ प्रस्थान गर्ने तय भएको छ । उक्त टोली आगामी वैशाख २ गते मात्र स्वदेश फर्किनेछ ।
दुई हप्ता लामो भ्रमण टोलीमा प्रमुख चार राजनीतिक दलबाट एक/एक जना सदस्य छन् । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य, कांग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे, माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद सोविता गौतम सभामुखसँगै उज्वेकिस्तान जाने छन् ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्क राई, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि टोलीमा हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ चैत्र २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ: सभामुख