काठमाडौं । चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्रबाट निर्वाचित स्ववियु सभापति प्रज्वल अधिकारी अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड र भरतपुर महानगरकी मेयर रेनु दाहालले स्वागत गरे ।
उनले सामाजिक सञ्जालमार्फत आफू क्रान्तिकारीमा प्रवेश गरेको बताएका छन् ।स्ववियू निर्वाचनमा आफूलाई अध्यक्षमा विजयी गराएकोमा सबैलाई धन्यवाद दिँदै उनले स्ववियू सभापतिका रुपमा रहेर क्याम्पसको हितका लागि अखिल क्रान्तिकारीमा समाहित भएको बताएका छन् ।
क्रान्तिकारीमा समाहित भएपनि संयुक्त प्यानलको प्रतिवद्धता पत्र अनुसारनै काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् । अधिकारीले ७८ भोट ल्याएर जित्दा प्रतिद्वन्द्वी अनेरास्ववियुका विशाल पोखरेलले ५४ मत ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ चैत्र २०८१, ११ : ३५
लेखकबाट थप