काठमाडौँ । राष्ट्रिय सभाको बैठक बस्दैछ । बिहान सवा ११ बजे बस्ने बैठकमा यसअघिको बैठकमा अड्किएका विधेयक अघि बढाउँदैछ ।यसअघि गत बुधबार दुई वटा बैठक तीन महले नभएका कारणले रोकिएको थियो ।
‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ र ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको छ । यससम्बन्धी सन्देश गत बुधबार राष्ट्रिय सभामा टेबुल भएको छ ।
बुधबार नै दुवै विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो । तर, तीन महले नभएका कारणले अगाडि बढ्न सकेको थिएन ।राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालका अनुसार राष्ट्रिय सभा नियमावलीमा विधेयकमा तीन महले हुनुपर्ने प्रावधान छ । यो प्रावधान अनुसार प्रस्तावित विधेयकमा तीन महले नआएको भनेर सांसदहरूले प्रश्न उठाएपछि दुवै विधेयक अगाडि बढ्न सकेका थिएनन् ।
शुक्रबारसम्म दुवै विधेयकको तिन महले प्राप्त भएर सांसदहरूलाई वितरण गरिसकिएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ ।अब शुक्रबार दुवै विधेयकमाथि राष्ट्रिय सभामा छलफल अगाडि बढ्नेछ ।
यसका अलावा राष्ट्रिय सभामा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्री प्रदीप यादवले उत्तर दिने कार्यक्रम छ ।सांसद मदन कुमारी शाह (गरिमा) ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ चैत्र २०८१, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
१९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै
राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान