कैलाली । कैलालीको धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका– १९ फूलबारीस्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको हो । नदीमा डुबेका दुईजनाको भने उद्धार गरिएको छ ।
मृत्यु हुनेमा फूलबारीका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझा रहेको प्रहरीले जनाएको छ । नदीमा डुबेका उनीहरूलाई मृत अवस्थामा निकालिएको थियो ।
उनीहरूसँगै नदीमा नुहाउन गएका १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय आदर्श पुजाराको उद्धार गरिएको छ ।
दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । होलीको रङ्ग खेलिसकेपछि उनीहरु नुहाउन गएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ चैत्र २०८१, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु