कैलाली । कैलालीको धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका– १९ फूलबारीस्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको हो । नदीमा डुबेका दुईजनाको भने उद्धार गरिएको छ ।
मृत्यु हुनेमा फूलबारीका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझा रहेको प्रहरीले जनाएको छ । नदीमा डुबेका उनीहरूलाई मृत अवस्थामा निकालिएको थियो ।
उनीहरूसँगै नदीमा नुहाउन गएका १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय आदर्श पुजाराको उद्धार गरिएको छ ।
दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । होलीको रङ्ग खेलिसकेपछि उनीहरु नुहाउन गएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ चैत्र २०८१, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु