काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ सुन्दरीजल स्थित बिपी चोकमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिग्रिएको बा।१२ च २६९७ नम्बरको बोलेरोलाई टुचिन लगाएर तान्दै हिँडेको बा।५ ख ११६८ नम्बरको निशान टिप्परले मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा बा।५ ख ११६८ नम्बरको मोटरसाइकल चालक अनुज ढकालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका ढकालको उपचारको क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।
टिप्पर चालक अशोक रोक्का र बोलेरो चालक ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–४ घर भएर सुन्दरीजल बस्ने ३९ वर्षीय सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ चैत्र २०८१, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु