काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ सुन्दरीजल स्थित बिपी चोकमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिग्रिएको बा।१२ च २६९७ नम्बरको बोलेरोलाई टुचिन लगाएर तान्दै हिँडेको बा।५ ख ११६८ नम्बरको निशान टिप्परले मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा बा।५ ख ११६८ नम्बरको मोटरसाइकल चालक अनुज ढकालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका ढकालको उपचारको क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।
टिप्पर चालक अशोक रोक्का र बोलेरो चालक ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–४ घर भएर सुन्दरीजल बस्ने ३९ वर्षीय सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ चैत्र २०८१, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु