काठमाडौँ । काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रका बासिन्दाले बिहीबार रङ्गको पर्व होली मनाइरहेका छन् । होलीको समयमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चेकजाँचमा कडाइ गरेको छ ।
नियमविपरीत सवारी चलाउने हरुलाई नियमन गर्न काठमाडौँ, भक्तपुर ललितपुरका ८३ ठाउँमा चेक प्वाइन्ट सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ । ट्राफिक प्रहरीले १५० वटा सवारी साधन होल्ड गरेको छ ।
नियम विपरीत चलाएका र कागजात नभएका १२९ वटा दुईपाङ्ग्रे सवारी साधान होल्ड गरेर राखिएको एसपी गिरीले जानकारी दिए । उनले भने, ‘तीमध्ये २५ जना चालकले मादक पदार्थ सेवन गरेर चलाएको भेटिएको छ ।
होल्ड गरिएका २१ वटा चारपाङग्रे मध्ये ३ जनाले मादक पदार्थ सेवन गरेको फेला परेको छ । होल्ड गरिएको सवारी साधनलाई बिहीबार साँझ मात्र सवारी धनीको जिम्मा लगाइने एसपी गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हराएका २७ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित