सिबी (पाकिस्तान) । पाकिस्तानी सुरक्षा बलले बुधबार पहाडी दक्षिणपश्चिममा विद्रोहीहरूद्वारा बन्धक बनाइएका रेल यात्रुहरूलाई बचाउन ‘पूर्ण-स्तर’ को अपरेसन सुरु गरेको छ ।
दुई दिनको अवधिमा पाकिस्तानी सेनाले घेराबन्दी गरिएको रेलबाट एक सय ५५ जना बन्धकलाई मुक्त गर्न सफल भएको छ । अज्ञात सङ्ख्यामा यात्रुहरू अझै पनि रेलमा रहेका छन् ।
विद्रोहीहरूले मंगलबार दिउँसो रेलमार्गको एक भागमा बम विस्फोट गरेर दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रेलमा आक्रमण गरेका थिए । बलुचिस्तानमा पृथकतावादीहरूको आक्रमण बढेको छ ।
सुरक्षा स्रोतहरूका अनुसार, “आतङ्कवादीहरूले आत्मघाती बम हमलाकारीहरूलाई निर्दोष बन्धक यात्रुहरूको ठीक नजिकै तैनाथ गरेका छन् ।”दुर्गम पहाडी सिबी जिल्लामा घेराबन्दीको क्रममा रेल चालकसहित तीन जनाको मृत्यु भएको छ ।एक सुरक्षा अधिकारीले एएफपीलाई ‘पूर्ण-स्तरको अपरेसन’ ले बाँकी बन्दीहरूलाई मुक्त गर्ने लक्ष्य राखेको बताए ।
“सुरक्षा बलले एक सय ५५ यात्रुलाई सुरक्षित रूपमा उद्धार गरेको छ…२७ जना आतङ्ककारी मारिएका छन्”, एक सुरक्षा स्रोतले भन्यो । पहिलेको गणनामा कम्तीमा ‘३१ जना महिला र १५ जना बालबालिका’ समावेश थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २८ फागुन २०८१, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल
पाकिस्तानद्वारा भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु
भारतले क्षेप्यास्त्र हान्यो, जवाफ दिन हाम्रो सेना तम्तयार: पाकिस्तान
भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको अमेरिकी राजदूतलाई पाकिस्तानद्वारा जानकारी