सिरहा । सिरहाको लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ ।
नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दुई अर्ब आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गरिएको अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा. सञ्जयप्रसाद साहले जानकारी दिए ।
डा. साहका अनुसार लहान नगरपालिकाले उपलब्ध गराएको ११ बिघा जग्गामा अस्पताल बन्ने छ भने यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । उनले भने, ‘आगामी पाँच वर्षभित्र अस्पताल निर्माण गरिसक्ने लक्ष्य छ ।’
नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा तत्काललाई दुईवटा भवन निर्माण गरी गत माघ ४ गतेबाट ओपीडी सेवा सञ्चालन गरिसकिएको छ, जसको सोमबार औपचारिक उद्घाटन भइसकेको छ ।
लहान नगरप्रमुख महेशप्रसाद चौधरी र विश्वप्रसिद्ध मुटु शल्यचिकित्सक डा. कुमुद धितालले संयुक्त रूपमा उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले लहानमा ‘कार्डियो र डाइवेटिक सेन्टर’ सञ्चालनमा आउनु एउटा गौरवको आयोजना भएको बताए ।
अस्पताल बनिसकेपछि उपचारका लागि धरान, विराटनगर र काठमाडौं जानुपर्ने बाध्यताबाट मुक्ति मिल्ने उनले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रूकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट उद्वार
अस्पताल फार्मेसीमै प्रत्यारोपणका सामग्री उपलब्ध गराउने निर्णय
अस्पतालमा औषधि अभाव, उपचारमा समस्या
सुर्नयामा १० शय्याको अस्पताल निर्माण हुँदै
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
तीस करोड लागतमा अस्पताल भवन निर्माण