काठमाडौं। चोरीमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ घर भएका ५२ वर्षीय राज कुमार कार्की, धादिङ घर भएका ३३ वर्षीय फुल बहादुर तामाङ र भारत बिहार घर भएका ३२ वर्षीय महोमद इमरान रहेका छन्।
कीर्तिपुर नगरपालिका-३ ढल्पाबाट सुन तथा चाँदीका गरगहना लगायतका सामान फागुन १५ गते दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
साथै, प्रहरीले उनीहरूको साथबाट सुनकोजस्तो देखिने रिङ २ थान, सिक्का १ थान, घडी १ थान, चाँदीको जस्तो देखिने तिलहरी १ थान, चाँदीको जस्तो देखिने बाला ४ थान, सुनको जस्तो देखिने पोतेसहितको तिलहरी १ थान, नगद ३ हजार रूपैयाँ, मोबाइल ३ थान, ल्याप्टप २ थान समेत बरामद गरेको छ ।
उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ