कागको जीवितभन्दा मृत शरीरप्रति यौनिक आकर्षण बढी

एजेन्सी

सोमबार, १९ कार्तिक २०७५, १५ : ५९
कागको जीवितभन्दा मृत शरीरप्रति यौनिक आकर्षण बढी

काठमाडौं । काग अत्यन्त सामाजिक चरा हो र त्यस्तो सामाजिक बन्धन मृत्युपछि पनि जारी रहन्छ भन्दा कमै पत्यार लाग्छ । तर, एक अध्ययनका अनुसार यो साँचो साबित भएको छ ।

जीवित कागहरु अक्सर भेला भईरहेका हुन्छन् । उनीहरु आफ्ना विश्वासी साथीहरुसँग ठूलो आवाजमा फखेटा फटफटाउँदै खुशी साट्छन, र सायद माया पनि ।

यीनै सामाजिक चरा कागको अत्यन्त रोचक व्यवहार पनि छ । कतिपय कागहरुले मृत पोथी कागसँग यौन सम्बन्ध राख्न जीवितसँग भन्दा बढि मन पराउँछन् भन्दा विश्वास नलाग्न पनि सक्छ । तर, यो साँचो हो ।

यस्तो घटनामा कुनै एक काग मात्र सहभागी भएको हुँदैन, कयौँ कागहरु सहभागी भएका लाईभ साईन्स् समाचार एजेन्सीले लेखेको छ ।चरा वैज्ञानिकहरुले चराका यस्ता कयौं रोचक तथ्य पत्ता लगाएका छन् ।

उनीहरुले हाँसदेखि डल्फिन समेतले आफ्नै प्रजातिका मृत सदस्यसँग यौन सम्बन्ध राख्ने गरेको पत्ता लगाएका छन् । तर, उनीहरुले किन आफ्नै प्रजातिमा मात्र यो व्यवहार निर्धारित छ भन्ने विषयमा भने खुलाउन सकेका छैनन् ।

एक जोडी अनुसन्धानकर्ताहरुले हालै अमेरिकी कागहरुमा गरेको सर्वेक्षण अनुसार आफ्नै प्रजातिकाबीचमा आधारित रहनुमा ब्याकवोनले भूमिका खेल्ने तथ्य पत्ता लगाएका छन् । अन्य अनुसन्धानहरुले भने कागहरु आफ्नो सामाजिक व्यवहारका कारण पनि त्यस्तो पर्न गएको खुलाएका छन् ।

युनिभर्सिटी अफ वासिङ्टन स्थित स्कुल अफ ईन्भारोन्मेन्ट एण्ड फरेष्ट साईन्सका अनुसन्धानकर्ताहरुले यसबारे ‘एक मृत काग जसले जीवनको लागि सम्भावित खतरा संकेत गर्दछ’ भन्ने कुरा पत्ता लगाएका थिए ।

उनीहरुले एक काग आफ्नो मृत सदस्यप्रति चिन्तित हुने गरेको, उसको नजिक जाने गरेको लगायत अनेकौं कुरा देखेको बताएका छन् । यो नै एक यौन सम्म पुग्ने बाटो भएको उनीहरुको निष्कर्ष छ ।

ती अनुसन्धानकर्ताहरुका अनुसार प्रायः चराहरु यस्तो व्यवहारमा संलग्न हुँदैनन् । यसर्थ कागहरुमा यस्तो कुनै वंशाणुगत वा हर्मोनिक गुण हुन्छ जसका कारण कागहरुलाई जीवित भन्दा मृत शरिरप्रति यौनिक आकर्षण बढि हुन्छ । –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस