दाङ । मुलुकभर गाँजाको बहस चलिरहँदा दाङमा प्रहरीले २९ किलो बढी चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके तथा जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त टोलीले आलु बोकेको बोराभित्र लुकाएर ओसार–पसार गर्न लागिरहेको अवस्थामा २९ किलो ६९५ ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।
घोराही–होलेरी सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका -१३ बाह्रकुने दहनजिकबाट चरेससहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आलु बोकेको बोराभित्र लुकाएर चरेस ओसारपसार गर्न लागेको अवस्थामा लागुऔषध चरेससहित तीन जनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार पक्राउ पर्नेमा रुकुमपूर्व जिल्ला भुमे गाउँपालिका -२, खावाङ निवासी ४४ बर्षीय फर्कबहादुर घर्ती, सोही ठाउँ निवासी ५३ बर्षीय रुपधन घर्ती र सोही ठाउँ निवासी ६४ वर्षीय जुनबहादुर पुन छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
४० लाखसहित हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ