सुन्दरबजार । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त कक्षको उद्घाटन गर्दै यसले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने विश्वास व्यक्त गरे ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङको अध्यक्षता उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,पत्रकार र स्वास्थ्यकर्मीको उपस्थिति थियो ।
यो सेवाबाट गम्भीर अवस्थाका बिरामीलाई प्रभावकारी उपचार सेवा उपलब्ध गराउन सहज हुने अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २५ फागुन २०८१, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव
प्रदेश अस्पतालमा एकै पटक बाह्र वटा प्रयोगशाला
प्रदेश अस्पताल पर्वतमा ३५ वर्षपछि प्रदेश अस्पताल
प्रदेश अस्पताल पर्वतमा ३५ वर्षपछि प्रदेश अस्पताल
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै