एजेन्सी । च्याम्पियन्स ट्रफी २०२५ को उपाधिका लागि आज भारत र न्युजिल्याण्ड भिड्दै छन् ।
खेल दुबईको अन्तर्राष्ट्रिय रंगशालामा दिउँसो २:३० बजे शुरू हुनेछ । भारतले उक्त मैदानमा अहिलेसम्म एउटा पनि ओडीआई हारेको छैन ।
टोलीले १० खेल खेलेको छ र ९ जितेको छ । एक खेलमा बराबरी भएको थियो । दुई टोलीबीच हालसम्म ११९ ओडीआई खेलिएको छ ।
जसमा भारतले ६१ खेल जितेको छ भने न्युजिल्यान्डले ५० खेल जितेको छ । यसबाहेक ७ खेलको नतिजा आएको छैन ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ फागुन २०८१, १० : १०
लेखकबाट थप