चितवन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको हो ।
जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्ती धपाउन झापामा विशेष गस्ती
झापामा हात्ती धपाउन विशेष गस्ती परिचालन
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मरेको अवस्थामा भेटियो जंगली हात्ती
चितवनका दुई हात्ती कतार पठाइँदै
पर्यावरण संरक्षणमा हात्ती अनिवार्य’