पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गरेका छन् । राप्रपाले आज शनिबार आयोजना गरेको जनसभामा उनले देशको आर्थिक अवस्था कमजोर बनेकामा चिन्ता व्यक्त गरेका हुन् ।
मुलुकभरबाट संकलन भएको राजस्वले राष्ट्रसेवक कर्मचारीलाई तलब भत्ताको व्यवस्था गर्न नसक्ने परिस्थिति सृजना हुन लागेकामा चिन्ता व्यक्त गर्दै उनले विदेशी दातृ निकायसँग ऋण लिनुपर्ने अवस्था उत्पन्न हुन लागेको बताए । एक दशक अघिसम्म मुलुकको बाह्य र आन्तरिक ऋण रु. सात खर्बको हाराहारीमा रहेकामा हाल त्यो रु. २६ खर्ब नाघेकामा चिन्ता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ फागुन २०८१, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त