काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवन बदल्ने अभियानमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिक सहयोग कार्यक्रमको आज उद्घाटन गर्दै उनले विपन्न वर्गको उत्थानका निम्ति काम गर्नु सबै राजनीतिक दलको दायित्व भएको बताए ।
समाजवादका लागि जनताको आर्थिक सामाजिक रूपान्तरण अनिवार्य भएकाले कम्युनिस्ट पार्टीहरू त्यसलाई हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा अध्यक्ष दाहाल नेतृत्वको टोली आज रौतहट पुगेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ फागुन २०८१, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल