काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवन बदल्ने अभियानमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिक सहयोग कार्यक्रमको आज उद्घाटन गर्दै उनले विपन्न वर्गको उत्थानका निम्ति काम गर्नु सबै राजनीतिक दलको दायित्व भएको बताए ।
समाजवादका लागि जनताको आर्थिक सामाजिक रूपान्तरण अनिवार्य भएकाले कम्युनिस्ट पार्टीहरू त्यसलाई हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा अध्यक्ष दाहाल नेतृत्वको टोली आज रौतहट पुगेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ फागुन २०८१, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा खनाल