काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विकास निर्माणका काममा कुनैपनि शासकले भूकम्पीय जोखिमलाई ख्याल नगरेको आरोप लगाएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
गौतमले नेपाल भूकम्पीय जोखिमको केन्द्रमा रहेको बताए । उनले नेपालमा हरेक २४ घण्टामा जाने कुनै न कुनै प्रकारका भूकम्पले भौतिक तथा मानवीय क्षति हुने गरेको जिकिर गरे । उनले नदी किनार तथा पहाडको फेदीबाट निर्माण भएका सडकमा भूकम्पकै कारण क्षति हुने गरेको र हजारौँ सर्वसाधारण प्रभावित हुने गरेको बताए ।
उनले भने, ‘नेपाल भूकम्पको केन्द्र भागमा रहेको छ । नेपालमा हरेक २४ घण्टामा कुनै न कुनै भूकम्पीय धक्का प्रकट हुने गरेको छ । उपरोक्त अवस्थालाई खास गरी विकास र निर्माणको कामलाई अगाडि बढाउँदा नेपालले कुनै प्रकारको नजरअन्दाज गर्न मिल्दैन । तर नेपालको यो भूगर्भिक संवेदनशीलतालाई आज र अगाडिका कुनैपनि शासकले ख्याल गरेनन्, वास्ता गरेनन् । नेपालका उत्तर दक्षिण र पूर्व–पश्चिममा जाने सडकहरू नदी किनारको भूभागमा बनाइएको छ ।’
गौतमले नेपालमा दैनिक कुनै न कुनै प्रकारका भूकम्प जाने गरेको भन्दै विकास निर्माणका काममा संवेदनशील भएर अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभामा विकास-आर्थिक मामिला तथा सुशासन समितिको वार्षिक प्रतिवेदन प्रस्तुत
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक जारी
बेदुराम भुसाल राष्ट्रिय सभामा नेकपा संसदीय दलको नेता नियुक्त
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?
राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ कार्यसूची